Section 14
संस्थानको कोषः

१४.१ संस्थानको एउटा छुट्टै कोष हुनेछ । सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
१४.१.१ नेपाल सरकारबाट प्राप्त रकम,
१४.१.२ नेपाल सरकार मार्फत कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय वा विदेशी संस्थाबाट प्राप्त रकम,
१४.१.३ संस्थानको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,
१४.१.४ खानेपानी वा ढल निकासको सुविधा पु¥याए बापत प्राप्त महसुल तथा सेवा शुल्क र अतिरिक्त शुल्क तथा जरिवानाको रकम,
१४.१.५ संस्थानलाई अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
१४.२ संस्थानको सबै रकम संस्थानको नाममा नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
१४.३ संस्थानको तर्फबाट व्यहोर्नु पर्ने सम्पूर्ण खर्च उपदफा १४.१ बमोजिमको कोषबाट व्यहोरिनेछ ।

१४.४ संस्थानको खाता सञ्चालन तोकिए बमोजिम हुनेछ ।